नियम १२
निर्णयको अभिलेख र प्रमाणीकरण
(१) महासचिवले प्रत्येक संयुक्त बैठकको निर्णयको एउटा संक्षिप्त विवरण तयार पार्नेछ र उक्त विवरण संयुक्त बैठकको निर्णयको अभिलेख हुनेछ । (२) संयुक्त बैठक र संयुक्त समितिको कारबाही तथा निर्णय प्रमाणित गर्ने अधिकार महासचिवलाई हुनेछ ।